एनआरएनएद्वारा १० थान ह्वील चेयर सहयोग

डिसी नेपाल
२३ चैत २०७७ २१:४३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को परोपकारी तथा मानवकल्याण हितका कार्यअन्तर्गत शारीरिक रुपमा हिडडुल गर्न नसक्ने व्यक्तिहरुको सहयोगको लागी १० थान ह्वील चेयर प्रदान गरिएको छ ।

एनआरएनएका मानार्थ परिषद सदस्य कपिल देव थापाले उक्त ह्वील चेयरहरु नेपाल ल्याउन भौतिक तथा आर्थिक सहयोग गर्ने एनसिसि जापानको अनुरोधमा एनसिसिका अध्यक्ष देवीलाल भण्डरीलाई हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष भण्डारीले उक्त ह्वील चेयरमध्ये एक थान बागलुङ निवासी महेन्द्र बहादुर क्षेत्री र एक थान म्याग्दी निवासी कृष्ण बहादुर घिमिरेको सहयोगको लागि दुबै जनाको प्रतिनिधिहरुलाई सचिवालयमा हस्तान्तरण गरेका छन् । र, बाँकी आठ थान ह्वील चेयरहरु असहजताका कारण उपस्थित हुन नसक्नेहरुको घरमै पुर्याउने र सोको विवरण सचिवालयलाई उपलब्ध गराउने जनाइएको छ ।

ह्वील चेयर हस्तान्तरण कार्यक्रममा मोबेलिटि डिभाइसका प्रतिनिधि र सचिवालयका कार्यकारी निर्देशकको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *