जलविद्युत निर्यात नेपालको प्राथमिकता होइनः ऊर्जा सचिव

डिसी नेपाल
२३ चैत २०७७ २२:३२

काठमाडौं। जलविद्युतको क्षेत्रमा नेपालको अहिलेको प्राथमिकता निर्यात नभै आन्तरिक खपत बढाउनु भएको उmर्जा सचिव दिनेश कुमार घिमिरेले बताएका छन्। ‘विद्युतको निर्यात हाम्रो आवश्यकता नभै वाध्यता हो’, उनले भने।

स्वतन्त्र उmर्जा उत्पादकहरुको संघ इप्पानको एक अन्तरक्रियामा सोमबार बोल्दै उनले देशको औद्योगिक क्षेत्रमा रहेको विद्युत आपूर्तिको कमीलाई हटाउनुपर्ने आजको आवश्यकता रहेको कुरा उनले औंल्याए।

नेपालको हालको अधिकतम विद्युत माग १४७० मेगावाट रहेको तथ्यांक प्रस्तुत गर्दै उनले औद्योगिक क्षेत्रको विद्युतको मागलाई सम्बोधन गर्न सकेमा यो २१०० मेगावाट पुग्ने बताए।

भविष्यमा नेपालले भारत र बंगलादेशलाई मात्र नभै यस दक्षिण एशियालली क्षेत्रकै बजारमा विद्युत आपूर्ति गर्नसक्ने उनले बताए। उनले विद्युतको क्षेत्रमा निजी क्षेत्रले भोग्न परिरहेका विभिन्न समस्याहरुबारे सरकारलाई जानकारी भएको बताउँदै सरकार ती समस्या समाधानमा सरकार सकारात्मक रहेको स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *