बिहेका दिन बेहुली बेहुलाकी बहिनी भएको खुल्यो, तैपनि आमाले छोरालाई ज्वाइँ बनाइन्

डिसी नेपाल
२४ चैत २०७७ १२:१८

काठमाडौं। शीर्षक पढ्दा तपाइँ आश्चर्यमा पर्नुभयो होला तर यो सत्य हो । एक आमाले आफ्नो छोराको बिहे हुनै लाग्दा बेहुली आफ्नी छोरी भएको थाहा पाइन् । यति हुँदाहुँदै पनि ती दुईको बिहे भयो । र, ती आमाले आफ्ना छोरालाई ज्वाइँ बनाइन् । कसैले कल्पना गर्न सकेत नसक्ने यो आश्चर्यजनक घटना चीनको हो ।

चीनमा आफ्नो छोराको बिहेको क्रममा बेहुलाकी आमाले बेहुलीको हातमा देखेपछि उनको होस उड्यो । ती आमा अचानक जोडजोडले रुन लागिन् । खासमा जुन जोडीको बिहे हुँदै थियो उनीहरु दाजुबहिनी भएको पाइयो । जब आमाले बेहुलीको हातमा उनको जन्मको निशान देखिन त्यसपछि उनले चिनिहालिन् – ती बेहुली त उनकी छोरी थिइन् । यो घटना चीनको जियांग्सु प्रान्तको सोझेउको भएको बताइएको छ ।

चीनको ओरिएन्टल डेलीलाई उद्धृत गर्दै डेलीस्टारले लेखेअनुसार यो विवाह ३१ मार्चका दिन भइरहेको थियो । ती आमाले बेहुलीको हातमा रहेको जन्मको निशान देखेपछि उनका मातापिताको बारेमा सोधिन् । सोधपुछ गर्दै जाँदा खुलासा भयो कि ती बेहुलीका मातापिताले उनलाई जन्म दिएका थिएनन् । २० वर्षअघि ती बालिकालाई उनीहरुले सडक किनारामा फेला पारेका थिए । त्यसपछि उनीहरुले ती बालिकालाई छोरी बनाएर हुर्काएका थिए ।

यो खुलासासँगै ती बेहुली पनि रुन थालिन् । उनले थाहा पाइन् कि खासमा जुन युवकसँग उनको बिहे हुन लागेको थियो ती युवककी आमा नै उनलाई जन्माउने आमा थिइन् । तर, बिहेको यो कार्यक्रममा अझै अर्को ट्वीस्ट आउन बाँकी नै थियो जुन खुलासाले यी दुईको हुन लागेको बिहे समेत नरोकिने भयो । खासमा ती युवककी आमाले पनि उनलाई जन्माएकी थिइनन् ।

यी युवकलाई पनि ती आमाले सानैमा भेटेर छोरा बनाएर हुर्काएकी थिइन् । जैविक रुपमा दाजुबहिनी नभएकोले ती दुईको बिहेमा कुनै रोकटोक थिएन र बेहुलीकी जन्म दिने आमालाई पनि यो विवाहमा कुनै आपत्ति थिएन । स्थानीय मिडियाका अनुसार २० वर्ष पहिले यी आमाकी छोरी हराएकी थिइन् । निकै खोज्दा पनि छोरी नभेटेकी ती महिलाले अर्का एक बालक फेला पारिन् र त्यही बालकलाई छोरा बनाएर हुर्काइन् । अन्ततः ती दुईको विवाह भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *