भारतमा २४ वर्षे युवाको शव सडेको अवस्थामा दाहसंस्कार गरियो, दूतावासले वास्तै गरेन

डिसी नेपाल
२५ चैत २०७७ ६:२७

नयाँ दिल्ली। चार दिनसम्म भारतको हैदराबाद पठान चेक गभर्मेन्ट अस्पतालमा २५ वर्षीय नेपाली युवाको बेवारिसे शव सडेगलेको अवस्थामा अन्तिम संस्कार गरिएको छ। उनको मृत्युपछि अन्तिम संस्कारका लागि समयमा न त आफन्त पुग्न सके न दूतावासको कुनै चासो रह्यो।

चार दिन पहिला शनिबार बिहान दैलेख जिल्ला, दुल्लु नगरपालिका ३ घर भएका २४ वर्षीय बमबहादुर कार्कीले भारतको हैदराबादमा झुन्डिएर आत्महत्या गरेका थिए। उनी हैदराबाद लिगमपल्ली एम आई जी कोलोनीको पछाडि रहेको जंगलमा झुन्डिएको अवस्थामा शनिबार बिहान मृत फेला फरेका हुन्।

उनको शव झुन्डिएको अवस्थामा फेला परेको हुनाले शवलाई पोस्टमार्टमका लागि हैदराबाद पुलिसद्वारा पठान चाेक गभर्मेन्ट अस्पतालमा राखिएको थियो।

कोरोनाको महामारी, नयाँ ठाउमा आफन्त नहुनु साथै मृतक व्यक्तिको यस राज्यमा श्रीमतीबाहेक अरु कोही पनि नहुनु र श्रीमती आफै श्रीमान गुमाएको पीडामा होस् हवास गुमाएको अवस्थामा शव अस्पतालबाट हस्तान्तरण लिन पनि असम्भव भयो। मृतक युवाका आफन्त नेपालदेखि हैदराबाद पुग्न ४ दिन लाग्ने भएकाले शव अलपत्र पर्ने अवस्था देखियो।

आमा बुवाको चाहना छोरालाई अन्तिमपटक हेर्ने र आफ्नै जन्मभूमिमा अन्तिम संस्कार गर्ने थियो। तर, दूतावासको उदासिनता र नेपाल सरकारको गैरजिम्मेवारीपनले बृद्ध आमा बुवाको सपना आखिर समपनामा नै विलिन भयो।

पीडित परिवारका लागि केही गर्न सकिन्छ कि भन्ने आस र नेपाल सरकारप्रति रहेको भरोसाले डिसी नेपाल मिडिया र नेपाली मजदुर एकता समाजको सह कार्यमा पिडितको जानकारी भारतको राजधानी दिल्लीस्थित नेपाली दूतावास सहित नेपाल सरकारसम्म पीडितको अवाजलाइ पुर्याउन सफल भएका थियो। तर दतावाससहित नेपाल सरकारको अधिकार क्षेत्रमा नपर्ने कारण आज ६ अप्रिलको दिन शव सडे गलेको अवस्थामा भारत मै दाह–संस्कार गर्न बाध्य भए।

दूतावास र नेपाल सरकारको बेवास्ता

शनिबार बिहान यो घटना हुनु साथै साँझ सम्म डिसी नेपालले समाचार सार्वजनिक गरेकाे थियाे। यस घटनाको जानकारी नेपाली मजदुर एकता समाजका अध्यक्ष तेज बहादुर कार्कीले नेपाल सरकारसहित भारतको राजधानी दिल्लीस्थित दूतावासलाई दिएका थिए।

आइताबार बिहान करिब ९ बजे भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यको फोन कार्कीलाई आयो पनि। दूताबासले सहयोग गर्ने र यस घटनाको जानकारी उनले नै दूताबासका एसएसपी (श्रम सहकारी ) बस्याललाई दिएका थिए।

केही समयपश्चात उसै दिन आइताबार बस्यालको फोन कार्कीलाई आयो। उनले घटनाको जानकारी लिए र सहयोगको नाममा सहजीकरण गर्ने आश्वासन दिए तर सहजीकरणको परिभाषा अस्पतालमा पोस्टमार्टम रिपोर्टका लागि सहयोग गर्ने र नाकामा समस्या आए उनलाई नेपाल भित्राउन सहयोग गर्ने।

यस सहयोगमा प्रश्न चिन्ह लाग्छ, अस्पतालबाट परिवार सदस्यलाई पोस्टमार्टम रिपोर्ट लिने पूर्ण अधिकार हुन्छ र श्रीमती घटना भएको स्थानमा रहेको हुनाले यो कुनै समस्या थिएन। साथै नेपाली नागरिकको मृत्यु हुदा उनलाई आफ्नो देश नेपाल कुन कानुनले जान रोक्छ र?

पीडित परिवारलाई चाहिएको सहयोग उनका श्रीमानको शव नेपालसम्म पुर्याउने थियो, जुन सहयोगका लागि कार्कीले दूतावास कर्मचारीसमक्ष निवेदन गरेका थिए। तर भारतमा रहेका नेपालीहरु श्रम स्वीकृति नलिने भएकाले अन्य कुनै सहयोगको व्यवस्था नभएको भन्दै आर्थिक सहयोग गर्न नसकिने जानकारी दिए।

दूतावासको यस्तो लाचारीले सहयोग हुने आशा रहेन। व्यक्ति नेपाली नागरिक हुन् र नेपाली नागरिकको हक, हित अधिकार राज्यले हेर्नु पर्छ भन्ने मागसहित कार्कीले पुन परराष्ट्र मन्त्रालयमा सहयोगको अपिल गरे। समय बित्दै गयो र शव बेवारिसे अवस्थामा पुग्ने भएपछि कार्कीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग फोन सम्पर्क गरे।

नेपालका परराष्ट्र मन्त्रीले सिधा सिधा जबाब दिए, ‘भारत र नेपालका बीच खुल्ला सिमाना रहेको हुनाले भारत जानाका लागि श्रम स्वीकृति आवश्यकता नरहेकोले भारतमा यस किसिमको घटना भएमा सरकारले सहयोग गर्न सक्दैन।’ मलेसियालगायत खाडी मुलुकमा यस्तो घटना भएको खण्डमा नेपाल सरकारले कल्याणकारी कोषद्वारा मृतक व्यक्तिलाई नेपाल लाने गरेको छ।

परराष्ट्रमन्त्रीले भारतमा मृत व्यक्तिको शवलाई नेपालसम्म ल्याउन नसक्ने र भारतमा सक्रिय संघ संस्थामा निर्भर रहनु पर्ने जानकारी दिए। यस घटनाले भारतका लागि नेपालको वैदेशिक नीति कति कमजोर छ भन्ने देखाउँछ।

अमेरिकामा जहाँ एक जना नेपाली (ट्याक्सी चालक) सँग सामान्य दुर्व्यवहार हुँदा देश हलाउँछन तर भारतमा अलपत्र परेको शवसम्म नेपाल भित्र्याउन सरकार र दूताबासले सहयोग गर्ने कुरै गरेन। के गरीबका लागि सरकारको कुनै अर्थ छैन? कि सरकारलाई गरीबको कुनै महत्व छैन?

डिसी नेपालको सहयोग

पीडित परिवारको हैदराबादमा नाजुक अवस्था र दूतावाससहित सरकारको गैरजिम्मेवार रवैयापश्चात डिसी नेपाल र भारतको राजधानी दिल्लीमा ट्राभल्स संचालक बिष्णु शाहीको सयुक्त सहयोगमा पीडित परिवारका सदस्यलाई हैदराबादसम्म जहाजमार्फत मगलवारको दिन पुर्याउने व्यवस्थापन गरियो।

तर पीडित परिवारका सदस्य पुग्दासम्म शव सडिसकेको थियो। नेपाल सरकारको लाचारीले गर्दा शवलाई मंगलवारको दिउँसो केही नेपालीको उपस्थितिमा हैदराबाद दाह–संस्कार गरियो।

बैठक पाँच तारे होटेलमा गर्ने, नेताहरुको भ्रमणमा हजारौ रकम खर्च गर्ने, भारतमा संस्कृति जगेर्नाको नाममा नचाहिएको सहयोग गर्ने तर गरिब असहाय नेपालीको शव नेपालसम्म भित्राउन नसक्ने यो कस्तो बिडम्बना हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *