जंगलभर विषका सिसी, को हुन् जनवारलाई विष खुवाउनेहरु?

डिसी नेपाल
२५ चैत २०७७ १०:२१

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जंगली जनवारहरु जंगलमै मृत भेटिने गरेका छन्। कतिपयलाई चोरी शिकारीले बन्दुक नै प्रहार गरी मार्ने गरेका भए पनि कतिपय जंगली जनावरलाई विष दिइने गरेको आशंका बढेको छ।

जंगलभित्र जताततै विषका सिसीहरु पाइएकाले वन्यजन्तु तस्करहरुले तिनका अंगहरुको तस्करीका लागि विषको प्रयोग गर्ने गरेका त होइनन्? भन्ने आशंका थपिएको हो। तर यस्तो दुष्कर्म गर्नेहरु को हुन् भन्नेबारे भने सरकार, निकुञ्ज प्रशासन र स्थानीय प्रशासन सबै मौन छन्। बरु, स्थानीय युवाहरु भने ती फोहोरहरु उठाउने अभियान चलाएका छन्।

निकुञ्ज वरिपरि फोहोर बड्न थालेपछि नेचर गाइड पेसा गरिरहेका स्थानीय युवाहरूले तीन दिन लगाएर राप्ती नदी र वरपरका स्थानमा सरसफाइ गरेका थिए। जंगली जनावर दैनिकजसो हिँड्ने स्थानबाट युवाहरूले किटनासक औषधिका बट्टा, सिसाका बोत्तल, प्लास्टिकका झोला नै बढी मात्रमा भेटेका थिए। खोलामा र वरिपरि पाइने प्लास्टिकजन्य फोहोरले जंगली जनावरलगायत गोहीलाई पनि असर गर्ने गर्दछ ।

जंगली जनावरहरु घाँस खानेक्रममा प्लास्टिक पनिसँगै खान्छन् अनि त्यो प्लास्टिक ले जनावरमा स्वास्थ्य समस्या उत्पन्न गराउने गरेको छ।
सौराहामा नेचर गाइड पेसा गर्दै आएका नवीन भट्ट पर्यटक लिएर हिड्ने क्रममा आफूहरुले धेरैपटक सरसफाइ गर्ने गरे पनि पर्यटन क्षेत्रमा लागेका सबैले सरसफाइ गर्ने कुरामा मतलब नगर्ने गरेको दुखेसा पोख्छन्।

पर्यटकीय नगरी सौराहा क्षेत्रमा पनि फोहोर व्यवस्थापन हुन सकेको छैन। राप्ती नदी किनार, नदी वरपर र नदीभित्र प्लास्टिकका पानीका बोटल, मास्क, चाउचाउका खाली खोल, सिसाका बोतल धेरै मात्रामा भेटिने गरेको छ।

कोभिडका कारण बिदेशी पर्यटकको आगमन ठप्प रहेको सौराहामा नेपाली पर्यटकहरुको भने भिड लाग्ने गरेको छ। पर्यटक घुम्ने ठाउँमै जथाभावी फालिएको फोहोर छ तर फोहोर बेवस्थापन गर्न सम्बन्धित निकायहरु मौन छन्।

राष्ट्रिय निकुञ्ज, रत्ननगर नगरपालिका, सामुदायिक वन, क्षेत्रीय होटल संघ, रेबान सौराहा, मृगकुन्ज उपभोक्ता समिति र सम्पूर्ण संरक्षणकर्मीहरु पनि फोहोर संकलन गरेर व्यवस्थापन गर्ने कुरामा चुप छन्।

जंगली जनावर देखाएर करोडौं कमाउनेहरु प्लास्टिकजन्य फोहोरले जंगली जनावर लाई पर्ने असरबारे बोल्न खोजेको देखिँदैन। सौराहा घुम्न आउने पर्यटकका लागि फोहोर फाल्नका लागि कुनै ठाउँ तोकिएको छैन।

जथाभावी फोहोर गर्दै हिड्ने पर्यटकलाई सम्बन्धित निकायले कुनै मतलब गर्दैन बरु देखे पनि नदेखे झैं गर्ने गरेको पाइएको छ। पर्यटकहरु भने सम्बन्धित निकायलाइनै दोष दिन्छन् ।

“हामी पैसा तिरेर घुम्न आउने ठाउँमा फोहोर फाल्ने डस्टबिन पनि कही देख्दैनौ अनि हामीसँग जम्मा हुने फोहोर कहाँ लगेर फाल्ने त? पर्यटकलाई दोष दिनुभन्दा सम्बन्धित निकायले सरसफाइमा ध्यान दिनु पर्यो नि? पोखराबाट सौराहा घुम्न आएकी सुजिता शर्मालेले भनिन्। जताततै फोहोर छ, हामीलाई कतैबाट कुनै किसिमको जानकारी दिइँदैन, हामी जिप ड्राइभ जादा हामीसँगै जाने नेचर गाइडहरुले पनि केही भन्दैनन्,’ उनले थपिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *