नेपालको आर्थिक वृद्धिदर करिव ३ प्रतिशत हुने आइएमएफको प्रक्षेपण

डिसी नेपाल
२५ चैत २०७७ १४:५२

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको चालू वार्षको आर्थिक वृद्धिदर २ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। आइएमएफले विश्व आर्थिक परिदृश्य (वल्र्ड इकोनोमिक आउटलुक, २०२१) सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

यस्तै आइएमएफले आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷८० मा क्रमश ४ दशमलव २ र ५ दशमलव २ प्रतिशत रहने अनुमान छ।

केही समय अघि मात्रै विश्व बैंकले नेपालको आर्थिक वृदिदर २ दशमलव ७ प्रतिशत हुने सहितको प्रक्षेपण प्रतिवेदन सार्वजनिक गरेको थियो। कोभिड–१९ महामारीका कारण गत आर्थिक वर्षमा नेपालको अर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशतले संकुचन भएको थियो।

प्रतिवेदनमा भारतको अर्थतन्त्र सन् २०२१ मा १२ दशमलव ५ प्रतिशत र चिनियाँ अर्थतन्त्र ८ दशमलव ४ प्रतिशत प्रक्षेपण गरेको छ।
आईएमएफले विश्व अर्थतन्त्र सन २०२१ मा ६ प्रतिशत र २०२२ मा ४ दशमलव ४ प्रतिशतले बढ्ने अनुमान गरेको छ । कोभिड–१९ महामारीले सन २०२० मा विश्वको अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले संकुचन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *