नेपाल उद्योग वाणिज्य महासंघद्वारा ‘भिजन पेपर–२०३०’ सार्वजनिक

डिसी नेपाल
२८ चैत २०७७ १५:१०

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ‘भिजन पेपर–२०३०’ सार्वजनिक गरेको छ। महासंघले शनिबार ५५ औं वार्षिक साधारण सभाको अवसरमा ‘भिजन पेपर–२०३०’ सार्वजनिक गरेको हो।

भिजन पेपरमा आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुर्याउने लक्ष्य राखिएको छ। उक्त पेपरमा एक सयवटा योजनाहरु र वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ।

भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्षभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको पुर्याउने लगाएतका योजनाहरु समावेश छन्।

उद्घाटन समारोहपछि विभिन्न तीनवटा सत्रहरुमा भिजन पेपरका बारेमा सामूहिक छलफल हुने महासंघले जनाएको छ। सोमबार महासंघको बन्द सत्र आयोजनासहित साधारण सभाका सम्पूर्ण कार्यक्रम सम्पन्न हुने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *