अष्ट्रेलियामा नेपालीहरुको पहिलो एनआरएनए कार्यालय स्थापना

डिसी नेपाल
३० चैत २०७७ १२:२५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले मेलवर्नमा कार्यालय स्थापना गरेको छ । नेपाल अष्ट्रेलिया संसदीय समितिका उपसंयोजक एवं संघीय सांसद पिटर खलिल र एनआरएनका संरक्षक एवं पूर्वअध्यक्ष शेष घलले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका थिए ।

उक्त अवसरमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन र भिक्टोरियन मल्टिकल्चरल आयोगकी आयुक्त रोसारिया जारोले समेत साथ दिएका थिए । उद्घाटन कार्यक्रममा सांसद पिटर खलिलले एनआरएनएको कार्यालय स्थापनाले अष्ट्रेलियाको नेपाली समुदायलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै पूर्वअध्यक्ष घलेले गैरआवासीय नेपालीको अभियानले एनआरउनएको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गरेका थिए।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले एनआरएनए अष्ट्रेलियाको कार्यालय स्थापनासँगै त्यहाँका सरकारी निकायहरुले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भई विश्वसनीयता वृद्धि हुने विश्वास व्यक्त गरे । कार्यालयलाई सबै नेपाली संघ संस्था तथा गैर आवासीय नेपालीले प्रयोग गर्न पाउने गरी स्थापना गरिएको अध्यक्ष कँडेलले जनाए ।

अष्ट्रेलियामा स्थापना गरिएको नेपालीहरुको यो पहिलो कार्यालय हो । कार्यक्रममा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनए अभियन्ताहरु आएका थिए ।

सो अवसरमा बोल्दै सांसद पिटर खलिल, पूर्वअध्यक्ष शेष घले, ओसेनिया क्षेत्रीय संयोजक होम पाण्डे, महावाणिज्यदूत चन्द्र योन्जन, फेन्काका अध्यक्ष डा.राजु अधिकारी, एनआरएन उपाध्यक्षहरु नवीन पन्त, प्रेम कँडेल, महासचिव डा.ज्ञानेन्द्र रेग्मी, कोषाध्यक्ष अनिल पोखरेल, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष विनितराज शर्मा, दिदीबहिनी समाजकी अध्यक्ष जमुना पराजुली, समुदायका अगुवाहरु जोग लिम्बु, दिपक बिष्ट, पर्शुराम लुईटेल, दुर्गा आचार्य र नारायण काफ्लेलगायतले शुभकामना दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *