विदेशमा ६६ हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण, ३४९ को मृत्यु

डिसी नेपाल
३० चैत २०७७ १४:०१

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा ६६ हजार १९ जना नेपाली संक्रमित भएका छन् । जसमध्ये ६३ हजार चार सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कूल संक्रमित संख्याको ९५ दशमलव ५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएका हुन् । एनआरएनका अनुसार कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अष्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा तीन सय ४९ जना नेपालीको कोरोनाका कारणले निधन भएको छ ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार यो साता कोराना भाइरसको कारणले विदेशमा निधन हुने नेपालीको संख्या शून्य रहेको छ । शनिबार साँझसम्म स्पेन, पोल्याण्ड, चेक रिपब्लिका, जापान, मलेसिया, यूएई र कतारमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य समितिले पछिल्लो समय संक्रमणदर बढ्दै गएको भन्दै भौतिक दुरी कायम राख्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । विशेषतः भारत लगायतका यूरोपेली मुलुकसहित नेपालमा पनि नयाँ स्वरुपको कोरोना भाइरस देखा परेकोले सावधानी नअपनाए पुनः भयावह अवस्था आउन सक्ने भन्दै समितिका संयोजक सापकोटाले स्वास्थ्य मापदण्ड अपनाउनु नै उत्तम विकल्प हुने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *