लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ‘फ्लोर क्रस’ भए पद जाने

डिसी नेपाल
६ वैशाख २०७८ १३:२१

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट प्रस्ताव दर्ता गराइएको हो । प्रस्तावमा ४१ जना सांसदको हस्ताक्षर भएको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दीन खानले जानकारी दिए ।

अविश्वासको प्रस्तावमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ । लुम्बिनी प्रदेशसभामा कूल ८७ सदस्य हुन्छन् तर माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका दुई सांसद निलम्बित भएकोले ८५ सदस्य कायम छन् । यहाँ नयाँ सरकार बनाउन बहुमतको लागि ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।

सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् । यीमध्ये नेकपा एमालेको माधव नेपाल समूहका कति सांसद छन् भन्ने प्रस्ट छैन । माधव नेपालका सांसदले ‘फ्लोर क्रस’ गरे पोखरेल पदमुक्त हुने सम्भावना उच्च छ । र, कर्णालीमा यो समूहले फ्लोर क्रस गरिसकेकाले यहाँ पनि त्यही घटना दोहोरिने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *