लुम्बिनीमा आफ्ना पार्टीका सांसद मन्त्री बनेपछि उपेन्द्र यादव चकित
काठमाडौं। लुम्बिनीमा सोमबार भएको नाटकीय राजनीतिक घटनाक्रमले जनता समाजवादी पार्टी विभाजनतर्फ उन्मुख भएको छ। पार्टीको निर्णय नभई जसपा लुम्बिनी प्रदेशमा सहभागी भएपछि सो पार्टी विभाजनतर्फ धकेलिएको हो।
जसपाका ६ सांसद मध्ये ४ जना सोमबार लुम्बिनीको मन्त्री बनेका छन्। मन्त्री बन्नुअघि ४ मध्ये ३ जनाले सोमबार नै दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षरसमेत गरेका थिए। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टामै चक्मा दिँदै जसपाका सांसदहरु मन्त्री बने।
उनीहरु मन्त्री बनेपछि जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव भने चकित परेका छन्। उनले डिसी नेपालसँग छोटो प्रतिक्रिया दिँदै भने, ‘हाम्रो पार्टी सरकारमा जाने निर्णय भएकै छैन। उहाँहरु आफूखुसी मन्त्री बन्नु भएको हो।’
उनले यो विषयमा जसपा केन्द्रको बैठक बसेर निर्णय लिइने बताए। उनले प्रदेश संसदीय दलले गरेको निर्णय विपरित नेताहरु मन्त्री बनेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment