आफूसँग भारत र नेपालमा सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन पूर्वराजाको आग्रह
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह कोरोना संक्रमित भएका छन्। दुबैजना निर्मल निवासमै आइसोलेसनमा रहेको पूर्वराजा शाहका प्रेस संयोजक फणिराज पाठकले जानकारी दिए। उनका अनुसार शाह दम्पत्तिको स्वास्थय अवस्था सामान्य छ।
भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भ मेलामा शाही स्नान गरेर स्वदेश फर्किका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह कोरोना संक्रमित भएका छन्। दुबैजना संक्रमित भएको निर्मल निवास स्रोतले जनाएको छ।
आफू संक्रमित भएछि शाहले भारत र नेपालमा रहँदा आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्। हरिद्वारमा आयोजना गरिएको कुम्भलाई सुपर स्प्रेड इभेन्ट भनिएको छ। कुम्भमा सहभागी भएका हजारौंलाई संक्रमण भइसेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। पूर्वराजा पनि कुम्भमा सहभागी भएकै कारण संक्रमित भएका हुन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment