नेपालगञ्जमा भोलिदेखि लकडाउन

डिसी नेपाल
८ वैशाख २०७८ १४:४१

काठमाडौं। नेपालगञ्ज उपमहानगरपालिकाले भोलिदेखि लागु हुने गरी लकडाउन गर्ने भएको छ। उपमहानगरको आजको बैठकले सरोकारवालासँगको छलफलमा लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख धवलशमशेर राणाले डिसीनेपाललाई जानकारी दिए।

कोरोनाको महामारी दोश्रो लहरमा फैलिएको र भारतमा यसको अत्याधिक प्रभाव बढेका कारण नेपालगञ्ज नाका भएकाले पनि लकडाउन गर्नु परेको उनको भनाइ छ।

उनले भने, ‘भोलिदेखि लागु हुने गरी ७ दिनसम्मलाई लकडाउनको घोषणा गरेका छौं। हामीले सीमा पनि बन्द गर्ने भएका छौं। नेपालगञ्जमा पनि सम्भावित महामारी नियन्त्रणका लागि लकडाउन आवश्य भएकोले सबैसँग छलफल गरी उक्त निर्णय गरेका हौं।’

नेपालमा पनि पछिल्लो समय कोरोनाको प्रभाव बढ्दो छ। कोरोनाबाट पछिल्लो समय नेपालमा १७ सयभन्दा बढी संक्रमित थपिएका छन्। सरकारले प्रभावित स्थानीय तहलाई कोरोनाको महामारीको नियन्त्रणमा आवश्यक निर्णय गर्ने अधिकार दिएको थियो।

स्थानीय पालिकाले आवश्यक्ता अनुसार लकडाउन, शील लगायतका टुल्सहरु प्रयोग गर्न पाउने भएको छ। पछिल्लो समय सबैले आ–आफ्नो तर्फबाट कोरोना महामारीका विरुद्ध अभियान नचलाए लकडाउन गर्नु पर्ने अवस्था आउनसक्ने सरकारले चेतावनीसमेत दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *