‘डोको स्ट्रीट’ को डोको हटाइयो

फुर्पा शेर्पा
९ वैशाख २०७८ ७:५७

काठमाडौं। कोरोनाले थलिएको व्यापार, लामो समय घरभित्र बस्दाबस्दै निशासिएका मान्छेहरु, टिकटक जस्तो लोकप्रिय प्रविधिको एप्लिकेसन अनि बौद्ध जस्तो पर्यटकीय स्थल। अहिले कुनै पनि ठाउँलाई नयाँ तरिकाले सजावट गरेपछि त्यहाँ आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ। त्यस्तै केहि दिन अघि देखि त्यो भीड बौद्धको पिपलबोटको तरकारी बजारमा देख्नि थालेको तरकारी बजारमा राखिएको डोकोहरु आजबाट निकालिएको छ

तरकारी किन्नेको भन्दा बढी क्यामेराबाट सेल्फी खिच्ने, टिकटकमा बजाएको गीतको तालमा नाच्चे, अभिनय गर्नेहरुको भीड बढी देखिन्ने तरकारी बजार सुन सान हुन थालीको छ।

युवायुवतीदेखि प्रौढ उमेर समूहकाले पनि क्यामेरामा आफूलाई र तरकारी बजारको ‘डोको स्ट्रीट’ लाई कैद गर्ने आजबाट गर्न नपाइने भएको छ। कोरोना संक्रमित भारतमा र नेपालमा पनि दिन प्रति दिन बढ्न थाले पछि कोरोना त्रासका कारण तरकारी पसलका व्यवसायीले कोरोना फैलिले डरमा राखिएको डोकोहरु निकालिको हो।

केही महिनामात्र पहिला न्यूरोडमा आकासमा छाता झुण्ड्याएका ‘अम्रेला स्ट्रीट’ बनाइएका थियो। व्यापार व्यवसाय बढाउने उद्देश्यले बनाइएको उक्त स्ट्रिटमा टिकटक बनाउनेको गन्तव्य भएको थियो। त्यस्तै, पिपलबोटको तरकारी पसलका व्यवसायीले पनि त्यही कुरालाई आत्मसाथ गरेर सुरुवात गरे ‘डोको स्ट्रीट’को।

कोरोनाको प्रभावले नेपालमात्र नभएर विश्वभरको व्यापार व्यवसाय ठप्प छ। त्यसको असर नेपालमा पनि परेको छ। नेपालका ठूलादेखि साना व्यवसायीहरु कसरी ग्राहकलाई आफूतर्फ तान्ने भन्ने विषयका बारेमा विभिन्न तरिका अपनाउ थालेका छन्।

त्यही तरकारी बजारमा करिभव पाँच वर्षदेखि कपडा व्यापार गर्दै आएका राजकुमार बस्नेतले डिसी नेपालसँग भने, ‘भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमापनि दिन प्रति दिन संक्रमित दर बढेको छ। यस्तो समयमा धेरै मानिसहरुको विड हुर्दा संक्रमित हुर्ने डर त्यतिकै हुन्छ त्यसैले हामी सबै व्यापारीहरुले सहमतिमा डोको निकालेका हौं। सबै डोको निकालेका छैनौं, भित्रपट्टी थोरै राखेका छौं, यस्तो माहामारीमा हामी सबैले बुझने पर्छ र सचेत हुनुपर्छ।’

बौद्धको पिपलबोटको तरकारी बजार पनि लामो समयको कोरोनाको प्रभावका कारण शिथिल भएको थियो। स्थानीय व्यापारीहरुले व्यापारलाई बढाउन विभिन्न तरिका खोजे। ती मध्येमा ‘डोको स्ट्रीट’ बनाउन सुझाइन् तरकारी बजार मै व्यापार गर्दै आएकी सरु लामाले।

कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने अनेकौं तरिका सोच्दा सोच्दै डोको स्टी«टको अवधारणा आएको उनीहरुको भनाइ छ। ‘यो मार्केटिङ गर्ने तरिका पनि हो,’ लामाले भनिन्, ‘नयाँ जेनेरेसनले के कुरालाई मन पराउँछ भन्ने कुरा पनि ख्याल गर्नु पर्छ। डोको स्ट्रीट पनि युवा पुस्तामा नयाँ भएकाले प्रभावकारी हुने विश्वास छ।’ तर कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि अहिलो डोको स्ट्रीट बन्द गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *