उपत्यकाका सिडियो कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
काठमाडौं। राजधानीका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका अरु सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्। आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका हुन्।
पराजुलीका अनुसार ती अत्यावश्यक काम शान्ति–सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन गर्ने निर्णय गरिएको हो। नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ–संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको पराजुलीले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment