रहेनन् इनास युरोप संयोजक मगर
युरोप। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का युरोप संयोजक सन्त कुमार थापा मगरको शनिबार निधन भएको छ। इनास डेनमार्कका संस्थापक अध्यक्ष तथा इनास ग्लोबल नृत्य प्रवद्र्धन समितिका समेत संयोजक रहेका मगर ब्लड क्यान्सरबाट पीडित थिए।
४१ वर्षीय उनको डेनमार्कमै उपचारको क्रममा मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै इनास अष्ट्रियाकी अध्यक्ष सन्तोषी भण्डारीले जानकारी दिइन्।
युरोपमा नेपाली कला संस्कृतीको जगेर्नाका र प्रचार प्रसारका लागि निकै सक्रिय मगरको निधनले एउटा मिलनसार, इमान्दार, कला र संस्कृति प्रेमी गुमाउनु परेका भण्डारीले बताइन्।
विदेशी भूमिमा रहेर पनि उनले नेपाली कला, संस्कृतिको संद्र्धधनमा महत्वपूर्ण र विर्सन नसकिने योगदान गरेको भन्दै युरोपका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले उनको मृत्युले ठूलो क्षति पुगेको बताएका छन्। मृतक मगरको एक छोरी र श्रीमती छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment