काेराेना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि नेपाल-भारत सीमा नाका बन्द गर्ने तयारी

डिसी नेपाल
१५ वैशाख २०७८ ९:५६

काठमाडौं। भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको संक्रमण फैलिएपछि नेपाल -भारत सीमा नाका सबै बन्द गर्ने तयारी भएको छ। भारतबाटै संक्रमण नेपालमा फैलिएको भन्दै सरकारले नेपाल भारत सबै नाका बन्द गर्ने तयारी गरेको हो।

विभिन्न कामले भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको गड्डा चौकी, बाँकेको जमुनाहा नाका भैरहवाको सुनौली नाका तीन दिन अघिबाटै कडाई हुन थालेको थियो। सीमा सुरक्षामा रहेको सशस्त्र प्रहरीले सबै नाकामा आवतजावतलाई कडाई गर्न निर्देशन दिएको थियो।

जमुनाहा नाकामा नेपाली र भारतीय स्वास्थ्यकर्मीले गरेको कोरोना परीक्षण रिपोर्टका आधारमा विगत चार दिनदेखि नेपाल पठाउने गरेका छन्। पर्साको रक्सौल, विराटनगर तथा काकडभिट्टा नाकाबाट अत्यावश्यक सामाग्री बोकेका सवारी साधानबाहेक अन्य सवारी साधानलाई प्रवेश निषेध गर्न थालिएको छ।

त्यसैगरी कपिलवस्तुको कृष्णनगरबाट पनि अत्यावश्यक सामान बोकेका सवारी साधान मात्रै प्रवेश दिन लागिएको र अन्यलाई रोक लगाउने तयारी भैरहेको छ। भारतसँग खुला सीमा भएकाले सुरक्षाकर्मी परिचालन गरी नाका बन्द गर्न लागिएको हो।

भारतसँगको सीमामा १५ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको बोर्डर आउटर पोस्ट (बिओपी) छ। हरेक नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सीमा चौकीबाट प्रहरी परिचालन गरेर सीमामा आवतजावत पूर्ण रूपमा रोकिने गृह मन्त्रालयले स्रोतले जनाएको छ। ‘केही दिन सीमा नाका बन्द गर्नुपर्छ भन्ने प्रस्ताव तयार भएको छ मन्त्रिपरिषद बैठकले त्यसको निर्णय गर्छ’, मन्त्रालय स्रोतले भन्यो।

दुई दिन अघि मात्रै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन एवं कोरोना महामारी नियन्त्रणका लागी उच्च सतर्कताका साथ वृहत् योजना सहित तत्काल आक्रमक ढंगले कृयाशिल रहन बाहिनीपतिहरुलाई निर्देशन दिएका थिए।

भारतसँगको सीमामा १५ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको बोर्डर आउटर पोस्ट (बिओपी) छ। हरेक नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सीमा चौकीबाट प्रहरी परिचालन गरेर सीमामा आवतजावत पूर्ण रूपमा रोकिने छ। केही दिन सीमा नाका बन्द गर्नुपर्छ भन्ने प्रस्ताव तयार भएको छ मन्त्रिपरिषद बैठकले त्यसको निर्णय गर्छ।

भिडियो स्ट्रिमिङ्ग मार्फत प्रधान कार्यालयबाट उनले सीमा नाका व्यवस्थित गर्न, कोरोना सम्बन्धी जनचेतना फैलाउने कार्यका साथमा उच्च सतर्कता र स्वास्थ्य मापदण्ड पुरा गरी ड्यूटीमा परिचालित हुन निर्देशन दिएका थिए। आफ्ना सवै युनिटको अवस्था बुझ्नका साथै सशस्त्र प्रहरी कर्मचारीको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड पालना गराउन र सीमामा हुने हेलचेक्राँई रोक्न निर्देशन दिएका थिए।

‘सीमा नाकामा कडाई, अत्यावश्यक वस्तु ढुवानीमा सहजिकरण तथा उच्च स्तरको र प्रभावकारी ड्यूटी परिचालन गर्नु, चोरी, तस्करी नियन्त्रणमा प्रभावकारी ढंगले कार्य गर्नु,’ निर्देशनको क्रममा भनेका थिए। खासगरी स्थलमार्ग हुँदै भारतीय नागरिकहरु नेपाल आउन थालेपछि सशस्त्र प्रहरीले उनीहरुको पनि निगरानी गर्ने जनाएको छ।

अहिले कैलाली र कञ्चनपुरका भारतसँग सीमाना जोडिएका अस्थायी सबै नाका अनिश्चितकालका लागि बन्द भएका छन्। भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढ्ने आशंका गर्दै सीमा नाका बन्द गर्न लागिएको गृहमन्त्रालयल स्रोतले जनाएको छ। ‘अब बस्ने मन्त्रिपरिषद बैठकले सीमा नाका बन्द बारे निर्णय हुनसक्छ सीसीएमसीमा सीमा नाका बन्द बारे छलफल भएको छ’, मन्त्रालय स्रोतले भन्यो।

मुलुकभर कोभिड–१९ (कोरोना) संक्रमण बढेपछि सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जाने विदेशी नागरिकलाई पनि आजबाट रोक लगाएको छ। भारतीय नागरिकले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान थालेपछि सरकारले सबै विदेशी नागरिकलाई तेस्रो मुलुक जान रोक लगाएपछि स्थलमार्गबाट नेपाल आएका भारतीय नागरिकहरु समस्यामा परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *