धुलिखेल नगरपालिकाद्वारा कोभिड १९ व्यवस्थापनका लागि १ करोडको कोष स्थापना

डिसी नेपाल
१६ वैशाख २०७८ १८:००

काठमाडौं । धुलिखेल नगरपालिकाले कोभिड संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि १ करोडको कोष स्थापना गर्ने भएको छ । बिहिबार नगरप्रमुख अशोकुमार व्याञ्जु श्रेष्ठले एक अपिल जारी गर्दै सचेत रहन आग्रह समेत गरेका छन् ।

नगरपालिकाको बजार क्षेत्रमा संक्रमण धेरै देखिएको भन्दै सचेत रहन, अनावश्यक भीडभाड नगर्न, भोजभतेर नगर्न र कुनै पनि प्रकारको स्वास्थ्य समस्या देखिए तत्काल सम्पर्क गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले सम्भावित संक्रमण नियन्त्रणको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, होम आइसोलेसनमा भएका संक्रमितको लागि पनि अक्सिजन उपलब्ध गराउने तयारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *