राप्रपाले भन्योः सहयोग गर्न तयार छौं, सम्पूर्ण शक्ति परिचालन गरियोस्

डिसी नेपाल
१८ वैशाख २०७८ १७:२५
100
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (रप्रपा)ले कोरोनाविरुद्धको लडाइँमा देशको सम्पूर्ण शक्ति परिचालन गर्न माग गरेको छ। राप्रपाले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, देश यस वखत कोरोना महामारीको महासंकटमा छ। विपतको यो राष्ट्रिय संकटसँग मुकाविला गर्न राष्ट्रको सवै राजनीतिक, आर्थिक, वौद्धिक र प्राविधिक शक्तिहरुलाई एकीकृतगरी प्रभावकारीरुपले तत्काल परिचालन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारसंग जोडदार आग्रह गर्दछ।’

राप्रपाले सरकारलाई सहयोग गर्न पनि तयार रहेको बताएको छ। उसले भनेको छ, ‘संक्रमितहरुको निःशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाई प्रभावकारी कुटनीतिक प्रयासद्धारा संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप उपलब्ध गराई सहजरुपले सम्पूर्ण नेपालीलाई खोप लगाइ हाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न नेपाल सरकारसँग राप्रपा हार्दिक अपिल गर्दछ। यस कार्यमा सरकारसंग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *