नेपाललाई कोरोनाविरुद्ध लड्न अमेरिकाले २८ लाख डलर सहयोग गर्ने

डिसी नेपाल
१८ वैशाख २०७८ १७:३७
216
Shares

काठमाडौं। अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न भन्दै २८ लाख अमेरिकन डलर सहयोग गर्ने घोषणा गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाले यूएसएड अन्तगर्त नेपाललाई आपतकालीन सहयोग गर्ने भएको हो।

दूतावासद्वारी जारी विज्ञप्ति अनुसार सो सहयोगको रकम, कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार, कोरोना नियन्त्रण, सीमा क्षेत्र नियन्त्रणमा खर्च गरिनेछ। यस्तै संघीय, प्रदेश र स्थानीय तह स्तरमा सो सहयोग रकमबाट कोरोनाविरुद्धको लडाइँमा खर्च गरिने दूतावासले जनाएको छ। दूतावासले यो अवधिमा यूएसएडले घरधुरी स्तरमा पनि कोरोनाविरुद्ध काउन्सिलिङ गरिने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *