आजदेखि निषेधाज्ञा थप कडा

डिसी नेपाल
१९ वैशाख २०७८ ९:१९
208
Shares

काठमाडौं। उपत्यकामा जारी निषेधाज्ञा आइतबारबाट थप कडाइ गरिने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण भयावह बन्दै गएसँगै आइतबारबाट निषेधाज्ञा थप कडाइका साथ लागू गरिने जानकारी दिए।

उनले पत्रकारको सवारीमा कडाइ गर्दै सूचना विभागको पास अनिवार्य मागिने बताए। बैंक तथा वित्तीय संस्थालाई कम शाखा सञ्चालन गर्न भनिएको छ।

सरकारी सवारी साधन बिदा र शनिबारको दिन पूर्णरुपमा निषेध गरिएको छ। प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले शनिबार निषेधाज्ञा पालना भए नभएको सम्बन्धमा बिहान कोटेश्वरदेखि बालाजुसम्म र कलङ्कीदेखि चाबहिलसम्म अनुगमन गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *