आजबाट आन्तरिकतर्फका उडानमा रोक
फाइल फाेटाे।
काठमाडौं। उपत्यका लगायत देशभर नै कोरोना संक्रमण बढ्दै जादा सरकारकाले हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ। बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले आन्तरिकतर्फको पुरै र अन्तराष्ट्रियतर्फ आशिंक उडानमा रोक लगाउने निणर्य गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द हुनेछन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।
सरकारको पछिल्लो निणर्य अनुसार बुधबार (बैशाख २२) देखि भारत, ब्राजिल र साउथ अफ्रिका ट्रान्जिट भएर आउने यात्रुलाई समेत नेपाल प्रवेशमा रोक लगाइने भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment