कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
२० वैशाख २०७८ १०:०६
76
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्टार हस्पिटलमा स्वाब दिएका उनको कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएं। बिहानिपख रिपोर्ट आयो, पोजेटिभ ।
टेकुका मित्र डा। अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु। डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ’

उनले आफूलाई लक्षण देखिएको तर, मनोबल उच्च राखेको जानकारी गराएका छन्। सामाजिक सञ्जालमै उनले भनेका छन्, ‘सबैलाई विनम्र आग्रह छ, सजग बनौं !’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *