नेप्से १२ अंकले घट्दा, कारोबार रकममा भने वृद्धि

डिसी नेपाल
२० वैशाख २०७८ १५:५४

काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से १२ अंकले घटेको छ। सोमबार १२ दशमलव ३५ अंक घटेको सेयर बजार परिसूचक २६ सय ५२ दशमलव ७५ अंकमा बन्द भएको छ।

सोमबार सेयर बजार घटे पनि कारोबारो रकममा भने कमी आएको छैन्। कुल २ सय १६ कम्पनीका १ करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

माइक्रोफाइनान्स र लगानीबाहेकका सबै समूह घटेका छन्। माइक्रोफाइनान्स ६९ अंकले बढ्दा लगानी समूह १ अंकमुनि हरियो रह्यो। बैंकिङ ९, ब्यापार १५, होटल तथा पर्यटन १२, विकास बैंक २२, जलविद्युत ३२, फाइनान्स ९, निर्जीवन बीमा ८०, उत्पादन ६४, अन्य ३२ र जीवन बीमा समूह ९० अंकले घटेका छन्।

यस दिन विशाल बजार कम्पनी र महिला लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै सिंगटी हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढेको छ।
त्यस्तै गुमाउनेमा अरुण भ्यालीका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य २.६ प्रतिशतले घटेको छ। माउन्टेन इनर्जीको मूल्य २.५ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ४७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २.३ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ८५ रुपैयाँ कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *