कमल थापाले भने – ‘संघीयता खारेज गरौं’

डिसी नेपाल
२० वैशाख २०७८ १८:४१

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता नै खारेज गर्न सुझाव दिएका छन् । उनले प्रदेश प्रमुखलाई राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गरिएको आरोप लगाएका छन् । प्रदेश प्रमुख परिवर्तन गर्ने कार्यप्रति असन्तुष्टि जनाउँदै उनले यसलाई स्वेच्छाचारी र सर्वसत्तावादको संज्ञा दिएका छन् । उनले यस्तो अभ्यास गरिनुभन्दा संघीयता नै खारेज गरिनु उचित हुने बताएका छन् ।

थापाले लेखेका छन् ‘राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्य राखी प्रदेश प्रमुख जस्तो गरिमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरित छ । यो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक हो । यस्तो काम गर्नुभन्दा संघीयता खारेज गर्नु बेस ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *