प्रदेश १ मा ६०७ कोरोना सङ्क्रमित थपिए
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ६०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ३३० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना महिला र ३३० जना पुरुषमा पोजेटिभ देखिएको छ ।
थपिएका सङ्क्रमितमा मोरङमा २८२ मध्ये विराटनगरमा २२६ जना जसमा ९७ जना महिला छन् भने झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा आठ, इलाममा सात, सङ्खुवासभामा छ, खोटाङमा तीन, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ३४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा अहिलेसम्ममा सङ्क्रमितको सङ्ख्या ३३ हजार ९४१ पुगेको छ भने निको भएर घरफर्किएकाको सङ्ख्या ३० हजार ७९ छ । अझै सक्रिय सङ्क्रमित तीन हजार ३५७ छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment