कोरोना अपडेटः मृत्यु र संक्रमणमा रेकर्ड, २४ घण्टामा ५८ जनाको मृत्यु, ८ हजार ६५९ जनामा संक्रमण

डिसी नेपाल
२२ वैशाख २०७८ १६:३१

काठमाडौं । बुधबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् भने मृत्युको पनि नयाँ रेकर्ड कायम भएको छ। २० हजार ७५६ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ६०५ जनामा र ६१६ जनाको एन्टीजेन परिक्षण गर्दा ५४ जनामा गरी ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५८ जनाको मृत्यु भएको छ ।

थप ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५९ हजार ६६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ । संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ४ हजार ७६४ र होम आइसोलेसनमा ६१ हजार बढी रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *