अलपत्र पारियो सेनाको कार्ययोजना, दिक्क भएर सेनापति बैठकमै जान छोडे

डिसी नेपाल
२३ वैशाख २०७८ १०:४४

काठमाडौं। कोरोना महामारीको नियन्त्रणका लागि पटक पटक दिएका सुझाव र प्रतिवेदनहरु वेवास्ता गरिएपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा क्राइसिस कन्ट्रोल म्यानेजमेण्ट कमिटी(सिसिएमसी) को बैठकमै जान छाडेको खुलासा भएको छ।

देशभरका सबै जिल्ला र गाउँहरुमा महामारीको रुपमा दोस्रो वेभ फैलिएर मानिसहरु भकाभक विरामी हुन थालेपछि गतहप्ता लगातार राखिएको सिसिएमसीको बैठकमा पनि सेनापति थापा नदेखिएपछि यसको कारण खोजी शुरु भएको थियो। सुरक्षाका अन्य निकायहरुले समेत सेनापतिको अनुपस्थितिबारे चासो राखेका थिए।

स्राेतकाअनुसार, नेपाली सेनाले विगत केही महिनामा लगाताररुपमा भविष्यमा आउन सक्ने अर्को चरणको महामारी नियन्त्रण र व्यबस्थापनका लागि गर्नुपर्ने तयारीबारे कार्ययोजना प्रस्तुत गर्दै आएको भए पनि सेनाको प्रस्तावलाई सिसिएमसीको बैठकमा सो कमिटीका संयोजक उपप्रधानमन्त्री एवं विनाविभागीय मन्त्री इश्वर पोख्रेलले वेवास्ता गर्दै आएका थिए।

आफ्ना प्रस्तावहरुको कुनै सुनुवाई नहुने भएपछि लगभग विगत ३ महिनादेखि सेनापति थापा सिसिएमसीको कुनै पनि बैठकमा सहभागी छैनन्। उनले औपचारिकताका लागि आफू अन्तर्गतका एकजना उपरथी दर्जाका जर्नेललाई बैठकमा प्रतिनिधित्वका लागि पठाउने गरेका छन्।

आफ्ना प्रस्तावहरुको कुनै सुनुवाई नहुने भएपछि लगभग विगत ३ महिनादेखि सेनापति थापा सिसिएमसीको कुनै पनि बैठकमा सहभागी छैनन्। उनले औपचारिकताका लागि आफू अन्तर्गतका एकजना उपरथी दर्जाका जर्नेललाई बैठकमा प्रतिनिधित्वका लागि पठाउने गरेका छन्।

पहिलो वेभ मत्थर भएपछि नेपाली सेनाले दोस्रो वेभ झन् खतरनाक र विनासकारी हुन सक्ने आंकलन गर्दै समयमै आपत्कालीन सेवाका विभिन्न पक्षको तयारी गर्नुपर्ने कार्ययोजना सिसिएमसीको बैठकमा प्रस्तुत गरेको थियो।

सेनापति थापा स्वयंको उपस्थितिमा यसरी प्रस्तुत गरिएको कार्ययोजनालाई सिसिएमसीका संयोजक उपप्रधानमन्त्री इश्वर पोख्रेलले वेवास्ता गरेपछि सरकार आसन्न खतराप्रति उदासिन भएको मात्र होइन सेनालाई कोरोना माहामारी नियन्त्रण कार्यबाट बाहिरै राख्न चाहेको देखिएको थियो।

उच्च सैनिक स्रोतका अनुसार, नेपाली सेनाले भारतमा विभिन्न शहरहरुमा कोरोना माहामारी फैलनसक्ने भारतीय विज्ञहरुको आंकलनका आधारमा नेपालले तत्काल नेपाल भारत सीमा नाकामा नियन्त्रण गरी आवश्यक स्वास्थ्य उपकरण र होल्डिङ सेन्टरसहितको व्यबस्था गरिनुपर्ने प्रस्ताव पेश गरेको केही महिना बितिसकेको छ।

त्यसैगरी, नेपाललाई सहयोग गर्ने मुलुकहरुमा रहेका नेपाली राजदूतहरुमार्फत आवश्यक पर्ने स्वास्थ्य सामग्री, औषधिहरु र भेन्टिलेटरहरु सहायताका रुपमा प्राप्त गर्न लविंग गर्नुपर्ने र कतिपय सामाग्री सरकारले खरिद गरेरै भएपनि तयारी अवस्थामा राख्नेपर्ने प्रस्ताव पनि सेनाले गरेको थियो।

देशभरका अक्जिसन प्लान्टहरु साना साना कारणले बिग्रिएर बसेको विवरण प्रस्तुत गर्दै सेनाले ती प्लाण्टहरु स्थानीय निकायको समेत सहयोगमा सुचारु गर्न सकिने र केही मात्रामा भए पनि अक्सिजन आपूर्ति सहज गर्न सकिने योजना सिसिएमसी बैठकमा केही महिनाअघि नै प्रस्तुत गरेको थियो।

खोपबारे सेनाको प्रस्ताव र दलालहरुको मानवताविरोधी अपराध

खोप आपूर्तिको सहजताबारे पनि सेनाले सरकारलाई सचेत गराएको पाइएको छ। उसले प्रस्तुत गरेको विवरणमा खोप खरिद तथा अनुदानलाई समयमै व्यबस्थित गर्न सके भविष्यमा आइपर्ने खतराबाट जनतलाई जोगाउन सकिने कुरा उल्लेख छ।

तर, यो कुरालाई पूरै बेवास्ता गरी कमिशन दलालहरुको चंगुलमा परेर सरकारले खरिद गर्ने निर्णय गरेको खोप ल्याउन नसकेको कुरा अहिले सार्वजानिक भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैद्य र व्यापारी विजय दुगढको दलाली कमिशनको दावीमा अल्झिएर सरकारले समयमै खोप ल्याउन नसक्दा पहिलो डोज लगाइसकेकाहरुले दोस्रो डोज लगाउन पाएका छैनन् भने आम नागरिकले खोप लगाउने अवसर नै पाउन नसक्दै महामारीको दोस्रो वेभले हजारौंलाई विरामी बनाइदिएको छ।

खोपमा कमिशनको जाल गर्ने सरकार र दलाल व्यापारीहरुको यो मानवताविरोधी हर्कतका कारण अहिले आएर आमनागरिकको ज्यान जोखिममा परेको छ भने दैनिक बढ्दो संख्यामा मानिसहरु मरिरहेका छन्।

नेपाली सेनाले ती बिग्रिएरका मेसिन चाँडै बनाउँ भनेर पटक पटक भन्दै आए पनि उपप्रधानमन्त्री एवं सिसिएससीका संयोजक इश्वर पोख्रेलले कुनै वास्ता गरेनन्। अहिले मानिसहरु कोरोनाले भकाभक मर्न थालेपछि सेनाले कहाँ लगेर व्यबस्थापन गर्ने भन्ने समस्या आइलाग्यो।

सेनाको प्रस्तावलाई वेवास्ता गरी मानवताविरोधी अपराध गर्नेहरुविरुद्ध तत्काल छानविन गरी कारवाही अघि बढाउनु पर्ने मागले यतिबेला सामाजिक सञ्जालहरु भरिएका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओली सो प्रकरणको छानविन गर्न तयार देखिएका छैनन् बरु उनै कमिशनका खेलाडी उपप्रधानमन्त्री इश्वर पोख्रेललाई नै खोप खरिदको जिम्मेवारी दिँइदै छ।

यसअघि अनुदानमा आएको खोपमा पनि हेलचेक्र्याँइ गरिएको थियो। खोप नेपाल आइसकेपछि पनि खोप लगाउने इन्जेक्सन(सुई) नभएर जनताले आएको खोप पनि समयमा लगाउन पाएका थिएनन्।

किन जलाइयो चौरमा शव?

त्यसैगरी कोभिड लागेर ज्यान गुमाउनेहरुको अन्तिम संस्कार सेनाले गर्नु पर्ने भएकाले पशुपतिमा रहेको इलेक्ट्रिक क्रिमिटोरियम मेसिन (विजुलीबाट लास जलाउने मेसिन) धेरै समयदेखि एउटामात्रै चल्दै आएको छ भने बाँकी दुईवटा बिग्रिएर थन्किएका छन्।

नेपाली सेनाले ती बिग्रिएरका मेसिन चाँडै बनाउँ भनेर पटक पटक भन्दै आए पनि उपप्रधानमन्त्री एवं सिसिएससीका संयोजक इश्वर पोख्रेलले कुनै वास्ता गरेनन्। अहिले मानिसहरु कोरोनाले भकाभक मर्न थालेपछि सेनाले कहाँ लगेर व्यबस्थापन गर्ने भन्ने समस्या आइलाग्यो।

मेसिन नबनाइएपछि सेनाका लागि बागमतीको किनारको चौरीमा कोरोनाबाट मृत्यु भएका व्यक्तिहरुको जोखिमपूर्ण ढंगले अन्तिम संस्कार गर्नुपर्ने अवस्था आयो। अहिले सरकार दैनिक मृत्यु हुनेको संख्यासमेत ढाँटेर बसेको छ। अर्थात् सरकारले सार्वजानिक गरेभन्दा बढी लास सेनाले दैनिकरुपमा जलाउँदै आएको छ।

उच्च सैनिक स्रोत भन्छ,‘ सेनाले महामारी नियन्त्रण र व्यबस्थापनका लागि योजनाहरु बनाएर पेश गरे पनि त्यसलाई बेवास्ता गरिएको मात्र होइन यत्रो महामारीलाई पनि संकटको रुपमा सरकारले हेर्दै हेरेन। बरु, यसलाई नाफा कमाउने दाउका रुपमा हेर्ने गरेको कारण सेनापतिमा निराशा देखिएको र सोही कारण पोख्रेल नेतृत्वको सिसिएमसी बैठकमा उनी जान छाडेका हुन्।’

यतिबेला दिनहुँ हजारौंको संख्यामा संक्रमितहरु थपिएका छन्। यस्तो अवस्थामा नेपाली सेनाले पनि हात खुट्टा छोडिदिने हो भने मुलुकको हालत के होला?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *