चार सांसद र दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं। बुधबार कोरोना परीक्षण गराएका सांसद तथा कर्मचारीहरुमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संसद सचिवालयका अनुसार चार जना सांसद र दुई जना कर्मचारीमा गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बैशाख २७ गतेका लागि बोलाइएको विषेश अधिवेशन अघि बुधबार संसद भवन बानेश्वरमा कोरोनाको परीक्षण गरिएको थियो। ६ सय ९ जनामा कोरोनाको परीक्षण गरिएको र ६ जना पोजेटिभ आएको सचिवालयले जनाएको छ।
कतिपय सांसद यसअघि नै संक्रमित भएर अस्पताल र आइसोलेसनमा छन् । हिजो सभामुखसहित १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विशवासको मत लिने भनेपछि बैशाख २७ गते विषेश अधिवेशन बोलाइएको छ।
प्रतिक्रिया
Facebook Comment