स्थायी कमिटी बैठक र राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

डिसी नेपाल
२३ वैशाख २०७८ १४:१३
208
Shares

काठमाडौं। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विहान एकाएक स्थायी कमिटीको आकस्मिक बैठक बोलाए। बैठकमा राष्ट्रियसभा उपनिर्वाचनका विषयमा छलफल भयो।

र, आफ्नो उम्मेद्वारले जित्ने सुनिश्चित भएपछि मात्रै उम्मेद्वारी घोषणा गर्ने निर्णय गर्यो। यद्यपी एमालेले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेद्वार बनाउने पक्का पक्की जस्तै छ। आकस्मिक स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गए।

प्रधानमन्त्री ओली ११ बजेर ४५ मिनेटमा शितल निवास प्रवेश गरेका थिए भने भने १ बजेर ३० मिनेट जाँदा शितल निवासबाट बाहिरएका थिए। पौने दुई घण्टा राष्ट्रपति निवासमा बिताएका राष्ट्रपति र प्रधानमन्त्रीबीच के विषयमा छलफल भयो भन्ने विषय सार्वजनिक भएको छैन। तर, शितल निवासले भने यसलाई नियमित भेट भनेको छ।

एकपछि अर्को गर्दै बैठक र भेटघाटमा व्यस्त रहेका प्रधानमन्त्री ओलीले आजै साँझ पाँच बजेलाई मन्त्रिपरिषद बैठक पनि बोलाएका छन्। बिहीबार अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *