बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

डिसी नेपाल
२३ वैशाख २०७८ १४:४२

काठमाडौं। बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । नशासम्बन्धी समस्याबाट ग्रसित प्रधानको न्यूरो अस्पतालमा निधन भएको हो ।

८२ वर्षीय गायक प्रधान लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहेका थिए । पछिल्लो समय स्थिति जटिल बनेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रधानका ७ सयभन्दा धेरै गीत रेकर्ड भएका छन् । ‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरु’, लगायतका कालजयी र प्रसिद्ध गीतका गायक प्रधान सानैबाट संगीतमा सक्रिय थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *