कोरोना संक्रमितको उपचारका लागि २० हजार बेड र ७ सय भेन्टिलेटर

डिसी नेपाल
२३ वैशाख २०७८ १५:५९

काठमाडौं। सरकारले कोरोना संक्रमितको उपचारका लागि देशभर २० हजार बेड रहेको जानकारी दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै देशभरको स्वास्थ्य व्यवस्थापनको अवस्थाबारे जानकारी दिएको हो।

कार्यालयका अनुसार देशभरका ४७२ अस्पतालमा १९८८२ बेड रहेका छन्। यस्तै १७१४ आईसीयू र ६९२ भेन्टिलेर रहेको कार्यालयले जनाएको छ। यस्तै ३१ वटा अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट रहेको र ती प्लान्टबाट दैनिक २५४९ सिलिन्डर भर्न सकिने कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार देशभर मात्र ३ वटा अस्पतालमा ल्क्विीड अक्सिजन भण्डारण गर्ने ट्यांक रहेका छन्। यस्तै देशभरका स्वास्थ्य संस्थामा हालसम्म ६२८८ सिलिन्डरको प्रयोग भइरहेको छ। नेपालमा हाल दैनिक १४११।५ लिटर अक्सिजनको खपत हुने गरेको  छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *