देउवासँगको भेटपछि माधव नेपाल राष्ट्रपति भेट्न शीतल निवासमा

डिसी नेपाल
२३ वैशाख २०७८ २०:०४
808
Shares

काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन्। बुढानिलकण्ठमा काँग्रेस सभापति शेरबहादुर देउवासँग एक घण्टा छलफल गरेपछि बिहीबार साँझ नेता नेपाल शीतल निवास पुगेका हुन्।

सत्तारुढ दल एमालेमा चर्किरहेको विवादका बीच यही वैशाख २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन लागेका छन्। यही परिपेक्ष्यमा नेता नेपालको दौडधुप चलेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालिन नेकपाको विवाद उत्कर्ष रहेका बेला पनि नेकपा नेताहरुसँग छलफल गर्ने गरेकी थिइन्।

अहिले एमाले विभाजनको डिलमा पुगेका बेला प्रधानमन्त्री ओलीको कदममा सघाउ गर्दै आएकी राष्ट्रपति भण्डारी र नेता नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमा कारबाही भोगेको माधव समूहले के गर्छ ? भन्ने चासोको विषय बनेको छ। यतिमात्र होइन जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा पनि एमाले र एमालेका समानान्तर समूहले उठाएका उम्मेदवारबीच टक्कर हुने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *