एनसेलले ल्यायो विभिन्न महामारी लक्षित राहत प्याकहरु

डिसी नेपाल
२४ वैशाख २०७८ ९:४७

काठमाडौं। कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितिमा आफ्ना ग्राहकहरूको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरूलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यका साथ एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत अफर ल्याएको छ।

सञ्चार सेवामा पहुँच सदैव अत्यावश्यक छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा सञ्चार सेवामा निर्वाध पहुँच झनै महत्वपूर्ण हुने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्न थप सुविधालगायतका राहत अफरहरुले अत्यावश्यक सञ्चार सेवामा सुलभ दरमा सहज पहुँच सुनिश्चित गर्न योगदान गर्ने एनसेलको दाबी छ।

ग्राहकमैत्री अफरहरुले आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनि आपतकालीन अवस्थाको समयमा आवश्यक सहयोग लिनका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ। प्रत्येक रिचार्जमा बोनस डेटाः यस अफर अन्तर्गत ग्राहकले रु ५० वा सो भन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । रु ५० देखि रु ९९ को रिचार्जमा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्ने एनसेलले जनाएको छ।

बोनस डेटा १ दिनको लागि मान्य रहने छ । त्यसै गरि रु १०० देखि रु १९९, रु २०० देखि रु २९९, रु ३०० देखि रु ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमश रु १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन्। त्यसैगरी रु ५०० देखि रु ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा रु १००० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन्।

३० दिने डेटा प्याकमा डबल डेटा मंगलबारबाट संचालनमा आएको यस अफर अन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनस स्वरुप प्राप्त गर्दछन्।

ग्राहकले कर सहित रु २४९ मा ३ दशमलब ५ जीबी डेटा लिन सक्छन् र त्यति नै डेटा भोल्युम बोनस अर्थात कुल ७ जीबी डेटा पाउँछन्। त्यसैगरी कर सहित रु ३९९ मा ६ जीबी डेटा लिने ग्राहकले थप ६ जीबी बोनस गरी कुल १२ जीबी, रु ४९९ मा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउँछन्।

१) प्रत्येक रिचार्जमा बोनस डेटा
२) ३० दिने डेटा प्याकमा डबल डेटा
३) वर्क फ्रम होमका लागि सुलभ अफरहरु
४) डिजिटल माध्यमबाट प्याक किन्दा आकर्षक बोनस
५) एनसेल सापटीमा विभिन्न सुविधा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *