एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

डिसी नेपाल
२४ वैशाख २०७८ १०:२०

काठमाडौ। सत्तारुढ दल नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ। राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेद्वारी घोषणा र पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल गर्न बैठक बसेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेद्वारी दर्ता गर्ने दिन हो। त एमालेले उम्मेद्वारी टुंग्याउन सकेको छैन। सो विषयमा बैठकमा छलफल भइरहेको छ। यसैगरी बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि उपाय खोज्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच विवाद नबढाउने सहमति भएको थियो।

नेताहरुबीच वरिष्ठ नेता नेपालसहितका नेतालाई गरिएको कारवाही फिर्ता गर्ने र नेपाल समूहले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विषयमा सहमति भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *