माधव नेपालकाे स्पष्टाेक्ति : ओलीसँग कुनै सहमति भएकाे छैन

डिसी नेपाल
२४ वैशाख २०७८ ११:५४

काठमाडौं। एमाले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको दाबी गरेका छन्। शुक्रबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेपालले उनले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सदृढ र एकतावद्ध एमाले बनाउन चाहेको र त्यसका लगि वार्ता र लचता दुव अपनाउन तयार भएपनि हालसम्म कुनै सहमति नभएको दाबी गरेका हुन्।

बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र नेपालबीच विवाद नबढाउने सहमति भएको थियो। तर नेता नेपालले भने ओलीसँग कुनै सहमति नभएको दाबी गरेका छन्।

नेपालले लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण…

Posted by माधव कुमार नेपाल – Madhav Kumar Nepal on Thursday, 6 May 2021

>




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *