शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ४ हजार १०६ जनामा कोरोना, कुन जिल्लामा कति ?

डिसी नेपाल
२४ वैशाख २०७८ १७:४५

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ हजार १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ हजार ८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जना गरी ४ हजार १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, झापामा २१६, मोरङमा २७३, धनुषामा १०६, पर्सामा १३०, रुपन्देहीमा ७३०, बाँकेमा २२२,कास्कीका ३९३, , कैलालीमा १२५, बैतडीमा ११४, दाङमा ३६६ , चितवनमा ३४३, काभ्रेमा १८० र नवलपरासी पूर्वमा १०० जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् । १९ हजार ९८७ जनाको पीसीआर परिक्षण गर्दा ९ हजार २३ जनामा र ४९५ जनाको एन्टीजेन परिक्षण गर्दा १७३ जनामा गरी ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५०जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *