रअका नेपाल प्रमुख भट्नागर काठमाडौंमा

डिसी नेपाल
२४ वैशाख २०७८ २०:०२

काठमाडौं। भारतीय गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालाइसिस विंग्स (रअ)का नेपाल स्टेशन प्रमुख राघवप्रसाद भट्नागर शुक्रबार काठमाडौं आएका छन्। उनी शुक्रबार अपरान्ह एअर इण्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको उच्च सुरक्षा स्रोतले जनाएको छ। भट्नागर शुक्रबार लाजिम्पाटस्थित होटल र्याडिसनमा बसेका छन्।

यसअघिका रअ नेपाल स्टेशन प्रमुख अभिजित अल्दरको तीन वर्षे कार्यकाल सकिएपछि उनलाई विस्थापन गर्न भट्नागर काठमाडौं आएका हुन्। नेपालमा राजनीतिक उथलपुथल भइरहेका बेला भारतीय गुप्तचर एजेन्सीका नेपाल स्टेशन प्रमुखको नेपाल आगमन भएको हो।

यसअघि रअ प्रमुख सामन्त कुमार गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए। त्यसपछि नै नेपाल र भारतबीचको क्तितापूर्ण सम्बन्धमा सुधार आएको थियो भने राजनीतिक रुपमा पनि उथलपुथल भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *