रामप्रसाद भण्डारी न्याय परिषद सदस्यमा सिफारिस

डिसी नेपाल
२४ वैशाख २०७८ २२:१५
320
Shares

काठमाडौं। वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी न्याय परिषद सदस्यमा सिफारिस भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई सिफारिस गरेको हो। न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना संक्रमणका कारण निधन भएपछि रिक्त भएको पदमा भण्डारीलाई सिफारिस गरिएको हो।

रामेछापका भण्डारी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राण निकट मानिन्छन्। उनी देवानी मुद्दाका सफल कानुन व्यवसायी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *