संवैधानिक परिषदको बैठक बोलाएपछि बार महासचिबको प्रधानन्यायाधीशप्रति कटाक्ष
काठमाडौं। आइतबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठकलाई लिएर विवाद उत्पन्न भइरहेका बेला बार महासचिब लीलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई कटाक्ष गरेका छन्। आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा परिषदका अन्य दुई सदस्य प्रमुख प्रतिपक्षी दलका नेता काँग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले ‘बहिस्कार’ गर्ने बताइकसेका छन्।
तर, प्रधानन्यायाधीश राणाका तर्फबाट कुनै भनाइ आएको छैन। त्यसैले बार महासचिब पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उपसभामुखको निर्वाचन नगर्ने, अन्यलाई निषेध गर्न अध्यादेश ल्याई प्रधानन्यायाधीशको सहयोगमा संवैधानिक परिषदको बैठक बस्ने कार्य संविधानमाथिको बेइमानी हो। कम्तिमा प्रधानन्यायाधीश ज्युलाई थाहा छैन भनेर कसरी मान्ने?’

यसअघि मंसिर २९ मा अध्यादेश जारी गरेकै दिन परिषद्को बैठक बसालेर ३७ जना पदाधिकारी नियुक्तीका लागि सिफारिस गरिएको थियो। त्यसबेला पनि प्रमुख प्रतिपक्षी दलका नेता देउवा र सभामुख सापकोटाले बहिस्कार गरेका थिए। सरकारले अहिले फेरि अध्यादेश ल्याएपछि परिषद्को बैठक बोलाइएको छ। कााग्रेसले अध्यादेश जारी गरेकोमा आपत्ति प्रकट गरिसकेको छ।
संवैधानिक परिषदले मंसिर अन्तिममा गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला प्रधानन्यायाधीशसहितको सहभागितामा संवैधानिक परिषदको बैठक बस्न लागेको भन्दै विवाद उत्पन्न भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment