विश्वासको मतको प्रस्तावमा तटस्थ बसे पार्टी विभाजन जोगिन्छ : शुक्ल (अन्तर्वार्ता)

डिसी नेपाल
२५ वैशाख २०७८ २०:२६

काठमाडौं। जनता समाजवादी पार्टीले आगामी सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने संकेत गरेको छ। जसपा नेता सर्वेन्द्रनाथ शुक्लले अहिलेकै जस्तो अवस्था रहे जसपा तटस्थबस्न सक्ने बताएका छन्।

डिसी नेपालको ब्रिज टकमा अर्जुन दाहालसँग कुरा गर्दै उनले हालसम्म प्रधानमन्त्री ओलीबाट प्रस्तावमा समर्थनका लागि औपचारिक प्रस्ताव नआएको बताए। उनले भने, ‘जसपाको मत आवश्यक छ कि छैन प्रधानमन्त्रीबाट अहिलेसम्म विश्वासको मत माग्ने कुनै पनि औपचारिक प्रस्ताव आएको छैन। हाम्रो मत नै निर्णायक हुँदैन एमालेकै माधव नेपाल समूहले त्यस्तो गरिरहेका बेला अहिले नै हामीने निर्णय लिएका छैनौं। मत हाल्ने दिनसम्म यस्तै राजनीतिक अन्यौल आयो भने हामी तटस्थ पनि बस्न सक्छौं। स्वविवेकी निर्णय गरेर तटस्थ बसियो भने पार्टी विभाजन जोगिन्छ।’

शुक्ल सरकारसँग वार्ता गर्न गठिन कार्यदलका एक सदस्यसमेत हुन्। उनले सरकारसँग भएको वार्ता निष्कर्षमा पुग्न लागेको समेत बताए। उनले भने, ‘सरकारसँगको वार्ता निष्कर्षमा पुग्न लागेको छ। अहिलेसम्म लिखित वार्ता नभएकाले पटक पटक वार्ता गर्नुपरेको हो।’ उनले रेशम चौधरीबारे सरकारले सहानुभुती राखोस भन्ने आफूहरुको चाहाना रहेको बताए। मुद्दा सर्वोच्चमा विचाराधीन भए पनि सरकारले आफ्नो तर्फबाट प्रस्तुत हुने कुरामा सहानुभुतीले हेरोस भन्ने माग रहेको उनले बताए। उनले संविधान संशोधनका विषयमा पनि सरकार सकरात्मक रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *