संवैधानिक परिषदको बैठक जारी

डिसी नेपाल
२६ वैशाख २०७८ ९:२६

काठमाडौं। संवैधानिक परिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विभिन्न संवैधानिक आयोगका रिक्त पदमा नियुक्तीका विषयमा छलफल भइरहेको छ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने सहभागी छैनन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।

कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा विमति जनाइरहेको छ। सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताविनै बैठक बस्न सक्ने गरी गत वैशाख २१ मा सरकारले अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश सरकारले गत मंसिर ३० मा पनि ल्याएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *