संख्या नपुगेसम्म अविश्वास प्रस्ताव दर्ता हुन्न: देउवा

डिसी नेपाल
२६ वैशाख २०७८ १२:५९

काठमाडाैं। नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले प्रस्ताव पास हुने अवस्था नआएसम्म प्रधानमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने संकेत गरेका छन्। देउवाले यो कुरा आज विहान आफूलाई भेट्न बुढानिलकण्ठ पुगेका जसपाका नेताहरुलाई बताएका हुन्।

स्रोतका अनुसार देउवाले ओली विरूद्धकाे प्रस्ताव पारित हुनका लागि संख्या पुग्नु पर्ने अनिमात्र आफूले कदम चाल्ने बताएका थिए। अविश्वास प्रस्ताव दर्ता गर्न जसपाको भूमिका मुख्य भूमिका रहेको तर देउवालाई जसपाले आफू २७ गते तटस्थ बस्ने संकेत गरेपछि देउवाले पनि अविश्वास प्रस्ताव दर्ता गर्न सुनिश्चितता खोजेका छन्।

उता एमालेमा माधव पक्षीय सांसदहरुले राजीनामा दिने बिषयले राजनीतिक बजारमा सरगर्मी बढेको छ। सांसदहरुले राजीनामा दिन लाग्नु भएको हो भन्ने डिसी नेपालको प्रश्नमा एमालेका माधव पक्षीय एक नेताले भने, राजीनामाको कुरा छलफल भएको छ तर निर्णय भैसकेको छैन।’ उनका अनुसार बिभिन्न विकल्पहरुमा अहिले छलफल चलिनै रहेको छ।

ती नेताले डिसी नेपाललाई भने, ‘यदl काँग्रेसको नेतृत्वमा जसपा सहित आज अविश्वास प्रस्ताव दर्ता भयो भने केपी ओलीलाई सरकारबाट हटाउने बिषयमा एमाले माधव पक्षले गम्भिर निर्णय गर्न सक्छ। तर यदl अविश्वास दर्ता भएन र जसपा तटस्थ बसेको खण्डमा केपी ओलीकै सरकारले निरन्तरता पाउन सक्छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *