स्वास्थ्यका दृष्टिकोणले सोमबारको संसद अधिवेशन कति चुनौतीपूर्ण?

सम्भव सिंह ठकुरी
२६ वैशाख २०७८ १५:१०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (भोलि) विश्वासको मत माग्ने प्रयोजनले प्रतिनिधिसभाकोे अधिवेशन आह्वान गरिएको छ।
अधिवेशनलाई लक्षित गरी वैशाख २२ र २३ गते प्रतिनिधिसभा सदस्य लगायत संसदका पधाधिकारी, संघीय संसदका सबै कर्मचारी, बैठकमा खटिने सुरक्षाकर्मी, बैठकमा उपस्थित हुने संञ्चरकर्मी, स्वकीय सचिवलागायत विभिन्न कर्मचारी गरि जम्मा १२३५ जनाको स्वाब संकलन गरिएको थियो।

शनिवार सार्वजानिक भएको संसद सचिवालयको सबै तथ्याङ्क अनुसार ती मध्ये १६० जना संक्रमित भएका छन्। संसद सचिवालय प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १८ जना प्रतिनिधिसभा सदस्य र एक जना राष्ट्रियसभा सदस्य कोरोना संक्रमित भएको छन्।

त्यस्तै १९ जना कर्मचारी, ६ जना मर्यादापालक, नयाँवानेश्वर संसद भवनका १५ जना कर्मचारी र अन्य सुरक्षानिकाय र पत्रकारहरु संक्रमित भएका छन्।

व्यक्तिगत रुपमा परीक्षण गरेका ८ जना सांसदहरू झलनाथ खनाल, बिना मगर, रघुवीर महासेठ, सुरेशकुमार राई, सुरेन्द्र कार्की जुलिकुमारी महतोलगायत पहिलेनै संक्रमित भइसकेका छन्। यसरी जम्मा २६ जना प्रतिनिधिसभाका सांसदहरु कोरोना संक्रमण भएको सचिवालयले जनाएको छ।

२७ गते प्रधानमन्त्रीको ओलीको बर्हिगमन या निरन्तरता यो मिति नेपाली राजनीतिको महत्वपूर्ण दिनका रुपमा स्थापित भएको छ। प्रधानमन्त्री ओली स्वयं स्वास्थ्यको दृष्टिकोणले जोखिमा छन्।

यो अवस्थामा संसद बैठक बस्दै गर्दा के कस्ता स्वास्थ्य मापदण्ड अपनाएर गर्दा प्रभावकारी हुन्छ ? भनेर सोधिएको डिसी नेपालको प्रश्नमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला भन्छन्, ‘ठूलो जमघट हुने भएकाले स्वास्थ्यको दृष्टिकोणले जोखिम हुन्छ। तर नगरी नहुने राष्ट्रिय महत्वको विषय भएकाले उक्त अधिवेशन गर्दा संक्रमित भएका सांसदलाई भित्र छिर्न नपाउने र संक्रमण नभएकालाई भित्र भवनमा नसर्ने सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्छ।’

स्वास्थ्य सम्वन्धी मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी हल भित्रको हावाको मात्रा हेरी हल भित्र भेन्टिलेसनको अनिवार्य प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

‘नत्र भने हावा भित्र मात्र घुम्ने भएकाले एक अर्कामा थप अर्को जोखिम बढ्ने हुन्छ। त्यसकारण सबै हलहरुमा अनिवार्य भेन्टिलेट गरेर स्वच्छ हावा आदनप्रदान हुने खालको हलको व्यवस्था गर्न सकियो र सामाजिक दुरी कम्तिमा पनि ६ फिटको दुरी कायम गर्न सकिया भने कोरोना जोखिम कम हुन्छ,’ उनले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *