काठमाडौं उपत्यकामा मात्रै ४ हजार १९८ जनामा कोरोना संक्रमण

डिसी नेपाल
२६ वैशाख २०७८ १६:५६

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जना गरी  ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर८८ हजार १६० सक्रिय संक्रमित छन् ।उनीहरुमध्ये ८१ हजार ४३० होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *