एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। कोरोनाका कारण उक्त परीक्षाहरु स्थगित गर्नु परेको बोर्डले जनाएको छ।
बोर्डले आउँदो जेठको १३ गतेबाट हुने एसईई र २६ गतेबाट हुने कक्षा १२ को परीक्षालाई स्थगित गरेको हो। सोमबार बसेको बोर्डको बैठकले उक्त परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको बताएको छ।
बोर्डका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त परीक्षाहरु स्थगित भएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment