काेराेना संक्रमणबाट चितवनमा ६ सङ्क्रमितको मृत्यु

डिसी नेपाल
२७ वैशाख २०७८ ११:२४

चितवन । यहाँका दुई अस्पतालमा आइतबार राती मात्र छ सङ्क्रमितको मृत्यु भएका्े छ। चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दुई चितवनका र अन्य बाहिरी जिल्लाका छन्।

भरतपुर महानगरपालिका–३ सहिदचोकका ८३ वर्षीया वृद्धाको भरतपुर अस्पतालमा मृत्यु भएको छ। निमोनिया भई यही वैशाख १६ गते अस्पताल भर्ना भएकी उनमा १७ गते सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः१० बजे मृत्यु भएको हो।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ का ३९ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ। निमोनियाको समस्या भई अस्पताल आएका उनमा यही वैशाख २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनी कोरोना पुष्टि भएसँगै २४ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएका थिए। उनको अस्पतालको कोभिड सघन उपचार कक्षमा आज बिहान ३ः०० बजे मृत्यु भएको हो।

नवलपरासीको कावासोतीका एक वृद्धको कोरोनाका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा कावासोती नगरपालिका–५ का ६१ वर्षीय पुरुष रहेका छन्। निमोनियाको समस्या आई यही वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः३० बजे मृत्यु भएको हो।

कोरोना सङ्क्रमणका कारण कपिलवस्तुको तौलिहवा नगरपालिका–१ बस्ने ६० वर्षिय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते चितवन मेडिकल कलेज भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख १७ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राती १०ः३५ बजे मृत्यु भएको हो।

यसैगरी रुपन्देहीकै देवदह नगरपालिका–९ का ४१ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ। चितवन मेडिकल कलेजका अनुसार निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनामा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राती १०ः३० बजे मृत्यु भएको हो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *