माओवादी केन्द्रको संसदीय दलको बैठक जारी
फाइल फाेटाे।
काठमाडौं। प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नदिने विषयमा छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ। सिंहदरबारमा जारी बैठकमा विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देब गुरूङ , जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ ,पम्फा भुषाल, मातृका यादव, शशि श्रेष्ठ, वर्षामान पुन, ओनसरी घर्ती ,रामेश्वरराय यादव लगायतको उपस्थिति रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment