नेपाल समूहका तीन जना प्रभावशाली नेता अर्थमन्त्री पौडेलसँग छलफल गर्दै, के संसदमा उपस्थित होलान ?
काठमाडौं। राजीनामा नदिने मनस्थिति बनाएका नेकपा एमाले (माधव नेपाल )समूहका तीन जना प्रभावशाली नेताहरुका अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा रहेका छन्।
नेकपा एमालेका सचिव समेत रहेका पौडेलसँग धनश्याम भुषाल, योगेश भट्टराई, र गोकर्ण विष्टले वार्ता गरिरहेका छन्। चार जनाको बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने संसदको विषेश अधिवेशनमा विश्वासको मत लिने भएपछि नेपाल समुहको सामूहिक राजिनामाको चर्चा चलेको थियो। सामुहिक राजीनामा दिन सिंहदरबारमा भएको छलफलमा यी नेताहरु राजीनामाको विपक्षमा उभिएपछि अनुपस्थित हुने तर राजीनामा नदिने निष्कर्ष छलफलको थियो।
श्रोतका अनुसार अर्थमन्त्री पौडेलसँग वार्तामा रहेका तीन जना नेताहरु संसदमा उपस्थित हुने मनशायमा रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment