विश्वासकाे मतकाे विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई माओवादीकाे ह्वीप

डिसी नेपाल
२७ वैशाख २०७८ १३:०९

काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ।

सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।

बैठकले विशेष गरेर आज प्रतिनिधिसभामा प्रस्तुत हुने प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सरकारलाई कोभिड संक्रमणबाट सर्वधारणको जीवनरक्षाका लागि तत्काल आवश्यक स्वास्थ्य प्रबन्ध मिलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक गुरुङले बताए।

‘प्रधानमन्त्रीले संविधानविपरीत विश्वासको मत लिन खोजेको देखिन्छ। यिनले कुन ढंगले विश्वासको मत लिन खोजे त्यो पनि प्रस्ट छैन,’ बैठकपछि गुरुङले भने, ‘त्यसैले यो सरकारको सन्र्दभमा हामी गम्भीर भएर रणनीति बनाइरहेका छौ । ओली सरकारको विकल्प खोज्ने गरेर हामीले आफ्नो गतिविधि गर्नुपर्छ भन्ने हाम्रो ठहर छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *